झापा,चैत १६ । सङ्गीतकार लक्ष्मण पोख्रेलको निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत दिल रोएको बेला सार्वजनिक भएको छ ।

प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर नारायण रेग्मीको शब्द रहेको उक्त गीतमा नायिका शिल्पा पोख्रेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्