झापा, चैत १६ । इलामको माई नगरपालिका–२ चेप्टीस्थित माईखोलामा डुबेर एक युवकको मृत्यु भएको छ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/08/dubera.jpg)
मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर–४ लालपानीका २१ बर्षीय मुकेश ढकाल रहेको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक कैलाशकुमार केसीले जानकारी दिए ।
झापाबाट तीनवटा मोटरसाइकलमा हेप्पी ड्रिम्स चेप्टी घुम्न गएका ढकालसहित उनका सानिमा, मामा र फुपूका छोराहरु चेप्टीनजिकै रहेको माईखोलामा पौडी खेल्न गएका थिए। साथीहरुसंग छुटेर पौडी खेल्न गएका ढकाललाई अपरान्ह १२ बजे माईखोलाको दहमा मृत अवस्थामा फेला पारिएको थियो। ढकाल भारतमा पढ्दै आएका थिए । उनी केही दिनअघि झापा घर आएका थिए। मृतक ढकालका बुवा भारत र आमा दुवईमा रोजगारीमा रहेका छन् ।
ढकालको शवलाई प्रहरी र स्थानीयवासीको सहयोगमा दहबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।