एजेन्सी । इन्डियन प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई हराएको छ।


एम चिन्नास्वामी रंगशालामा भएको खेलमा बैंगलुरु घरेलु मैदानमै कोलकातासँग ७ विकेटले पराजित भएको हो।
बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेटको क्षतिमा १९ बलअगावै सजिलै पूरा गर्यो । कोलकाताका वैंकटेस अय्यरले अर्धशतक बनाए । त्यस्तै सुनिल नारिनले ४७, कप्तान श्रेयस ऐयरले अविजित ३९ रन र फिल साल्टले ३० रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।उसका विराट कोहलीले अविजित ८३ रन बनाए । क्यामरन ग्रिनले ३३ रन जोडे ।

कोलकाताको यो दोस्रो जित हो । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। तीन खेलमा दोस्रो हार बेहोरेको बैंगलुरु छैटौँ स्थानमा छ।
आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्