झापा, चैत १७ । आगामी बैशाख १५ गते निर्धारित इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आज औपचारिक रुपमा उम्मेदवार घोषणा गर्दैछ ।

आज दिउँसो १ बजे इलाम नगरपालिका ७ इलाम चोक बजारमा घोषणा सभा गरी रास्वपाले आजदेखि चुनावी अभियान शुरु गर्न लागेको हो । त्यसका लागि पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने हिजै इलाम आइसकेका छन् । उम्मेदवारी घोषणा सभालाई सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, सह महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

रास्वपाले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्