झापा, चैत १७ । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले पाँचजनाको शव फेला परेको जानकारी दिए। उनका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो।

पृथ्वी राजमार्गको  इच्छाकामना गाउँपालिका-५ सिमलधारानजिक भएको ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ।

गोरखा नगरपालिका ७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको हो। यस्तै  ट्याक्सी चालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलले पनि ज्यान गुमाएका हुन्। १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ। 


चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक आज बिहान सवा ७ बजे बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा परि मृत्यु भएका ५ जना एकै परिवारका रहेको र उनीहरू पशुपतिमा बुबाको अन्तिम संस्कार गरेर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्