झापा,चैत १७ । त्रिभुवन विश्वविद्यालय स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा हुने भएको छ।

चैत १५ गते बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने व्यवस्था गर्ने निर्णय गरेको हो।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार स्नातक तह पहिलो वर्षको आउँदो परीक्षाबाटै प्रश्नपत्रमा अंग्रेजीका साथै नेपाली भाषामा पनि उल्लेख हुने निर्णय कार्यान्वय गरिनेछ। त्यसपछि दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षाको प्रश्नपत्रमा लागु गरिनेछ। यसअघि प्रश्नपत्र अंग्रेजी भाषामा हुन्थ्यो।
सरोकारवालाहरूले अंग्रेजीका साथै नेपाली भाषा पनि उल्लेख गर्न माग गर्दै आएका थिए।

भाषाकै कारण विद्यार्थीहरूको नतिजामा असर गरेको भन्दै नेपाली भाषा पनि राख्न माग गरिएको थियो।

सोअनुसार त्रिविले अब स्नातक तहको सबै संकायमा अंग्रेजीबाहेक अन्य विषयका प्रश्नपत्रमा अंग्रेजीसँगै नेपाली भाषामा पनि उल्लेख रहने निर्णय गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्