झापा,चैत १७ । हिसान कोशी प्रदेशको अध्यक्षमा ज्ञानबहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।


विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीपक कलेजका प्रिन्सिपल हुन् । नवनिर्वाचित अध्यक्ष खड्काले निजी शैक्षिक संस्थाको हकहितमा लागि परेर काम गर्ने बताए । हिसानको बरिष्ठ उपाध्यक्षमा एमिटी कलेज बिर्तामोडका प्रिन्सिपल राधेश्याम ढकाल(आर.एस.) निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमै गणेश दुलाल, उपाध्यक्षमा निलम अधिकारी, सचिबमा दिपेश बास्तोला, सहसचिबमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा भुपेन्द्र न्यौपाने र सहकोषाध्यक्षमा प्रकाश भण्डारी चयन भएका छन् ।सदस्यहरुमा चन्द्रप्रसाद खनाल, राजेन्द्र अधिकारी, राम कालाखेती, खेमराज बास्तोला र मनिष भट्टराई रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्