झापा, चैत १८ । झापाको कमल गाउँपालिका ५ सितापुरीस्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा पाँचजना घाइते भएका छन् ।

साँझ अन्दाजी ७.३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प १२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६४०३ नम्बरको अर्को मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा प्रदेश १–०१–०१६ प १२८३ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका ३ बस्ने बर्ष अन्दाजी २४ का सरित सेख, सोही मोटरसाइकल पछाडी झापा गाउँपालिका ४ बस्ने बर्ष अन्दाजी २० का मोहम्मद रसिद र झापा गाउँपालिका ४ बस्ने बर्ष अन्दाजी १८ का मनारुल हक घाइते भएका छन् ।

त्यस्तै प्रदेश १–०१–०१४ प ६४०३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका २ बस्ने वर्ष अन्दाजी २५ का काशी अधिकारी र सोही मोटरसाइकल पछाडी सवार कमल गाउँपालिका ४ बस्ने बर्ष अन्दाजी ३० का डिल्लीराम डाँगी घाइते भएका छन् । घाइते पाँचै जनाको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको छ । दुवै मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्