झापा,चैत १८ । मोरङको सुनवर्षी नगरपालिका– ८ स्थित हरिसचन्द्रगढीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–६ पटियापाडाकी २० वर्षीया सुलेखा राजवंशी रहेकी छिन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले उनलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्