झापा,चैत १८ । गए राति सिद्धिचरण नगरपालिका –६ जन्तरखानीको एक घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

जन्तरखानीको राङ्गेल बस्ने ५६ वर्षीय काजी शेर्पाको ढुङ्गा माटोले बनेको, जस्तापाताको छानो भएको दुईतले घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।

अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरी र स्थानीयले बिहान करिब २ बजे आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन र काठपात पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । आगलागीबाट मानवीय र चौपायामा क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्