झापा,चैत १८ । हावाहुरीका कारण रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा आयोजनाको सहायक कम्पनी दुसानका कर्मचारी कोरियाली नागरिक ५६ वर्षीय ज्थ्ग्ल् थ्इग्ल्न्ःक्ष्ल् रहेका छन्। उनको उपचारको क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

जिल्लाको उत्तरगया गाउँपालिका–१, मैलुङमा साँझ आएको हावाहुरीको कारण लडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशब भट्टराइले बताए। उनका अनुसार शनिबार साँझ ७ बजे अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि अस्पताल पठाइएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्