झापा, चैत १८ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका झापा कचनकवल ६ बनियानीका ४१ वर्षीय लखन राजवंशीले झुन्डिएर आत्महत्या गरेका छन् ।

मलेसियाको जोहोर राज्यमा पर्ने गेलाङ पटाह ,जोहोरबारु भन्ने ठाउँमा अवस्थित पीटीपी ( Port of Tanjung Pelepas sdn bhd) कम्पनीमा कार्यरत राजवंशीले शनिवार कोठामै झुन्डिएर आत्महत्या गरेको उनीसंगै काम गर्ने एक नेपाली कामदारले आफन्तलाई जानकारी दिएका छन् ।

परिवारका अनुसार आत्महत्या गरेका राजवंशी मलेसिया रोजगारीमा गएको झण्डै ७ बर्ष भएको थियो। उनका श्रीमती र १० बर्षीय छोरा रहेका छन्।घरपरिवारमा निरन्तर सम्पर्कमै रहेका राजवंशीले फेसबुक स्टाटसमा अलविदा लेखेर आत्महत्या गरेको जनाइएको छ । उनको शव नेपाल ल्याउन पहल भइरहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्