झापा, चैत १८ । नेपाल–भारत सीमा भएर बग्ने मेची नदीमा एक जना मृत फेला परेका छन् ।

भद्रपुर नगरपालिका–३ स्थित बैशावारीमा अन्दाजी ४० वर्षीय पुरुषको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बैशावारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुलमुनि आइतबार दिउँसो करिब १ बजेको समयमा शव फेला परेको हो ।

शवको सनाखत भएको छैन । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । बैशावारीका स्थानीयले मृत फेला परेका व्यक्ति भारतीय नागरिक हुनसक्ने आशंका गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्