झापा, चैत १९ । प्रहरीले मेचीनगरको निन्दा खोलाबाट तीनवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो २.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. १५ स्थित निन्दा खोलाबाट मे.१ त४६१, मे.१त ४०२९ र नम्बर नखुलेको एउटा ट्रयाक्टरले नदीजन्य पदार्थ मिक्स गिट्टी अवैध रुपमा ओसार पोसार गर्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

ती सवारीसाधनलाई आवश्यक कार्वाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्