झापा,चैत १९ । वैदेशिक रोजगार विभाग ताहाचाल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखापाल निरौलाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकाले लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए।

उनीविरुद्ध १५ हजार विगो र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ। निरौलालाई अख्तियारको टोलीले फागुन २९ गते १५ हजार घुस रकम र स्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित उनकै कार्यकक्षाबाट नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्