झापा , चैत २० ।प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोड १ का २१ वर्षीय गंगाप्रसाद मगर पक्राउ परेका छन् ।

गएराति ८.५० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १० धुलावारी चोकमा मगरलाई शंका लागेर ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्