एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जित निकालेको छ।

घरेलु मैदान वांगखडे क्रिकेट स्टेडियममा यस सिजनको तेस्रो हार मुम्बईले ६ विकेटको व्यहोर्यो। मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
राजस्थानको जितमा रियान परागले ५४ रनको अर्धशतकीय इनिङ खेले।रविचन्द्रन आश्विनले १६ रन बनाए। जोस बटलरले १३ तथा कप्तान सन्जु सामसनले १२ रन बनाए।

मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २३४ रन बनाए। तिलक बर्मा ३२ रनमा आउट भए।
टिम डेबिडले १७ रन तथा ओपनर इशान किशनले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्दे्र बर्गरले २ विकेट लिए। लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो हार व्यहोरेको मुम्बई अंकतालिकाको पुछारमा कायमै छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्