बिर्तामोड, चैत २० । बिर्तामोड ३ स्थित बिर्ताबजारमा अहिले साँझ अटो दुर्घटना हुँदा दुईजना गंभीर घाइते भएका छन् ।

साँझ सवा ७ बजेको समयमा महेन्द्ररत्न मावि अगाडिको सडकमा प्रदेश १ –०१–००२ह ६२१ नं को अटो आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बिर्ताबजार प्रहरी चौकीले जनाएको छ ।

अटोमा चारजना सवार रहेकोमा दुईजना गंभीर घाइते भएको र उनीहरुलाई बीएण्डसी हस्पिटल लगिएको प्रहरी चौकीका असई राजेश पौडेलले बताए । घाइतेहरुको नाम खुलेको छैन । दुर्घटनापछि अटोचालक फरार रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्