भद्रपुर,चैत २० । भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरबृद्धि तथा नामकरण सच्याउन माग गर्दै भद्रपुर नगरपालिकाले कोशी प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

नगर प्रमुख गणेश पोखरेलको नेतृत्व टोलीले कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारलाई अस्पतालको स्तरबृद्धि तथा नामकरण सच्याउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षणपत्रमा कोशी प्रदेशको एक मात्र प्रादेशिक अस्पतालको रूपमा रहेको सो अस्पतालको नाम मेची प्रादेशिक अस्पताल रहनु पर्ने तथा विपन्न नागरिकका सन्तानले पनि मेडिकल अध्ययन गर्ने वातावरण निर्माण गर्न मेडिकल कलेजका रूपमा स्तरबृद्धि गरिनुपर्ने माग राखिएको छ ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री सुनुवारले अस्पतालको विकासका लागि स्तरवृद्धिको प्रकृयामा लैजाने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशी, मोहन महर्जन, गोपाल तामाङलगायतको उपस्थिति थियो भने मेडिकल सुपरिटेन्डेन्ट डा.खड्काले अस्पतालको गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्