झापा, चैत २० । जग्गादाता स्व. डोमालाल राजवंशीको घर निर्माणका लागि नेपथ्य ब्यान्डले पनि सहयोग गर्ने भएको छ ।

यही चैत ३० गते डोमालाल राजवंशी रंगशालामा न्यू इयर इभअन्तर्गत हुन गइरहेको नेपथ्य ब्यान्डको कन्सर्टबाट हुन आउने मुनाफाको १० प्रतिशत रकम डोमालालको घर निर्माणका लागि सहयोग गरिने भएको हो । नेपथ्य ब्यान्डको कन्सर्टको आयोजक श्रीद्धि इभेन्ट्सले कार्यक्रमबाट आउने मुनाफाको १० प्रतिशत रकम डोमालाल राजवंशीको घरको लागि सहयोग गर्ने भएको झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले डोमालालको घर निर्माण गर्न आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै सो अभियानको शुरुवात गरेका थिए । डोमालाल राजवंशी रंगशालालाई जग्गा दान गरेका डोमालालको परिवारको अबस्था दयनीय बनेपछि अध्यक्ष बस्नेतको आव्हानमा घर निर्माणका लागि १० लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ । त्यस्तै डोमालालको घर निर्माणका लागि नेप्लिज टिन्सले पनि आर्थिक संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्