झापा, चैत २१ । झापाको कमल गाउँपालिकामा बलेसीमा लडेर एक बृद्धाको मृत्यु भएको छ ।

कमल २ बस्ने ७८ वर्षीया कमलादेवी अधिकारीको बलेसीमा लडेर मृत्यु भएको हो । घरमा एक्लै बस्दै आएकी अधिकारीलाई आज बिहान ५.३० बजेतिर बलेसीमा लडेर मृत अबस्थामा देखेपछि आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । उनी प्रेसरको विरामी भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्