झापा,चैत २१ । नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् ।

गत चैत १४ बुधवार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाम माई नगरपालिका ६ बस्ने ४० वर्षीय गोपाल एक्तेन भनिने मेघराज लिम्बू पक्राउ परेका हुन् । उनलाई सोही राति बिर्तामोड ५ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

पीडितले उजुरी दिएपछि सोही राति नै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएका एक्तेनको बारेमा अनुसन्धान भइरहेको स्रोतको भनाई छ । ठेक्कापट्टा गर्दै आएका एक्तेन नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का सचिव हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्