झापा,चैत २१ । भारतको महाराष्ट्रको संभाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एक कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

आगलागीमा माथिल्लो तलामा बस्ने एकै परिवारका सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन्। बुधबार बिहान ३ बजे आगलागी भएको हो।

आगलागी भएको क्षेत्रमा धुवाँको ठूलो मुस्लो निस्किएको छ। आगलागी हुँदा मानिसहरु माथिल्लो तलामा सुतिरहेका थिए। उनीहरुले तल झर्ने मौका पनि पाएनन्। जसका कारण सातै जनाको निसास्सिएर मृत्यु भएको थियो। आगलागीको जानकारी पाउनासाथ दमकलको गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।

आगलागी भएको भवनमा जम्मा १६ जना थिए। पहिलो तल्लामा ७ जना, दोस्रो तल्लामा ७ जना र तेस्रो तल्लामा २ जना थिए।

पहिलो तल्लामा रहेका सबैको ज्यान गएको छ। शव अस्पतालमा पठाइएको र पोस्टमार्टम भइरहेको छ। आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्