गौरादह , चैत २१ । गौरादह ५ मा रहेका तीन वटा सहकारी संस्थामा एकैरात चोरी भएको छ ।

गएराति स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको प्रहरीले जनाएको छ । स्कुलचौनको जनहित सहकारीबाट ५ लाख ७ हजार ६२० , चप्रामारीको महारानीझोडा सेवाकेन्द्रबाट ८२ हजार ९१ र साना किसानबाट ५४ हजार ४१५ रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

जनहित सहकारी स्कुलचौनको मध्यबजारभित्रै पर्छ । मुख्य ढोकाको चेनगेटमा हालिएको एउटा ताला नजिकै रहेको फोहोरको डस्टविनमा भेटिएको छ भने माथिल्लो तलाको ताला पनि तोडिएको अवस्थामा भेटिएको छ । सेफ फुटाइएको भने कागजपत्रहरु यत्रतत्र छरिएको देखिन्छ । महारानीझोडाको सेवाकेन्द्रमा कार्यालयभित्र सीसी क्यामेरा छ । क्यामेरालाई अर्कोपट्टि फर्काएर चोरी गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्