शिवसताक्षी, चैत २१ । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा विजयी हुँदै पूर्वेली भेट्रान क्लब बिर्तामोड फाइनलमा प्रवेश गरेको छ ।

दमक लखनपुर भेट्रान क्लब दमकलाई २– ० गोल अन्तरले हराउँदै पूर्वेली फाइनलमा प्रवेश गरेको हो । जीतसंगै पूर्वेलीले शुक्रबार आयोजक रातोसँग उपाधि भिडन्त पक्का गरेको छ ।

खेलको ३० औं मिनेटमा पूर्वेलीको तर्फबाट जर्सी नं. ७ का सन्तोष राईले टिमका लागि पहिलो गोल गरेका थिए । त्यस्तै खेलको इन्जुरी समयमा बुद्ध लिम्बूले दोस्रो गोल गरेर आफ्नो टीमको जीत सुनिश्चित गरे । आजको खेलको म्यान अफ दी म्याच पूर्वेलीका खेलाडी मोहन गुरुङ घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्