बिर्तामोड, चैत २१ । गोर्खा फाउण्डेशन बिर्तामोडले ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरेको छ ।

झापाका महेन्द्रकुमार गिरीसहित पाँच जनालाई बुधबार सम्मान प्रदान गरिएको हो ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विसे नगर्चीको योगदानलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापना गरेको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरीसहित पाँच जनालाई प्रदान गरिएको हो ।

सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, काठमाडौंकी पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार र भूवनसिंह विश्वकर्मा रहेका छन् । विश्वकर्मा अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली नागरिक हुन् । जनही नगद ५१ हजार पुरस्कार राशिसहित उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतले सम्मानपत्र प्रदान गरेका थिए । गोर्खा फाउण्डेशनका अध्यक्ष वीरबहादुर दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका महासचिव रञ्जित परियारले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्