बिर्तामोड, चैत २२ । बिर्तामोड १० नं वडा खेलकुद विकास समितिको आयोजनामा जारी चौथो वडाअध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा तेलकानी+हाम्रो तेलकानी–+सिद्धिबिनायक टोलको संयुक्त टीम विजयी भएको छ।


भुतेनी+नगर गौरब टोलको संयुक्त टीमविरुद्ध तेलकानी+हाम्रो तेलकानी +सिद्धिबिनायक टोलको टीमले ५ – ० को फराकिलो गोल अन्तरले विजय हासिल बनेको हो ।

विजयी टिमका तर्फबाट बिक्रम लिम्बू खेलमा ४ गोल गर्दै खेलको सर्वाधिक गोलकर्ता बनेका छन् । खेलमा विजयी टिमकै तर्फबाट विशाल हेमरमले १ गोल गरेका थिए ।
सो खेलको म्यान अफ दि म्याच विजयी टिमका तर्फबाट ४ गोल गरेका बिक्रम लिम्बू घोषित भए ।

बितामोड १० नं वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी , नगर खेलकुद विकास समितिका सदस्य विशाल अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।

चैत १६ देखि शुरु चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल चैत २५ गते हुने भएको छ ।
क्वाटरफाइनल खेलको समीकरण पूरा भई आजदेखि सेमिफाइनल खेल सुरु हुने भएको छ । आजको पहिलो सेमिफाइनल खेल नमुना टोल र कालीमुनि तोरीवारी +उदयरत्न + शिवालय + भीमसेन टोलको संयुक्त टीमबीच हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्