विर्तामोड , चैत २२ । बिर्तामोड १० स्थित महेन्द्र ज्योति माविको खेलमैदानमा जारी चौथो वडाअध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा उदय रत्न+ तोरीबारी+ शिवालय संयुक्त टोल विजयी भएको छ ।

विजेता टिमले नमुना टोललाई ३ – २ को गोल अन्तरले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको हो ।
विजेता टिमका तर्फबाट जर्सी नं ११ का भुवन सुन्दासले खेलको २५ औ मिनेटमा गोल गर्दै टिममा अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३० औ मिनेटमा उदय रत्न+ तोरीबारी + शिवालय टोलकै तर्फबाट जर्सी नं १० का रमेश क्षेत्रीले गोल गर्दै टिमलाई २ – ० को अग्रता दिलाए ।

त्यस्तै पहिलो हाफ सकिन अन्तिम २ मिनेट बाँकी रहँदा खेलको ३७ औ मिनेटमा गोल गर्दै नमुना टोलले १ गोल फर्काउन सफल भयो । नमुनाका तर्फबाट जर्सी नं ७ का पाल्देन गुरुङले गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ८ मिनेटमै नमुनाका तर्फबाट जर्सी नं १० का सिमन लिम्बूले गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।
खेल बराबरीमा चालिरहेको थियो । पटक पटक दुवै टिमका खेलाडीले गोल गर्ने मौका पाएपनि सफल हुन सकेको थिएन । तर उदय रत्न + तोरीबारी + शिवालय टोलका तर्फबाट जर्सी नं ८ का देव मगरले खेलको २५ औ मिनेटमा गोल गर्दै टिमलाई १ गोलले अग्रता दिलाए । तर त्यसपछि भने उदय रत्न + तोरीबारी + शिवालय टोलले नमुनालाई २ – ३ गोल अन्तरमै रोक्न सफल भयो ।

आजको खेलको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नं १० का रमेश भण्डारी घोषित भए ।विर्तामोड १० वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा विर्तामोड नगर पालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विर्तामोड वडा नं. १० का वडा अध्यक्ष दुर्योधन गुरुङ , वडा सदस्य पृथ्वीबहादुर बस्नेत ,राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष सञ्जय राईलगायतको आतिथ्यता थियो ।
भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेल तेलकानी+हाम्रो तेलकानी+सिद्धिबिनायक टोल र सैनिक बजार + भुपु सैनिक टोलबीच हुने आयोजक समितिका उपाध्यक्ष खड्कबहादुर गुरुङले जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्