झापा, चैत २३ । थप गरिएको इन्जुरी समयमा गोल गर्दै मछिन्द्र फुटबल क्लब काठमाडौं बिहीवार आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मछिन्द्रले पाहुना टोली सिक्किम ड्रागन भारतविरुद्ध १–० गोलको संघर्षमय जित निकाल्दै घरेलु टोली सांग्रीला फुटबल क्लब मोरङसँग शनिबार फाइनल भेट गरेको हो । सांग्रीलाले बुधबार विभागीय टोली एपीएफलाई सडनडेथमा ४–३ ले निराश गर्दै उपाधि यात्रा गरेको थियो ।

मछिन्द्रका लागि बिहीबार खेलको पौने ९४ औं मिनेटमा आयुष घलानले गरेको गोल नै निर्णायक बन्यो । घलानले डिबक्समा मनिष डाँगीले उपलब्ध गराएको पासलाई पोष्टको दिशा दिँदै खेललाई अतिरिक्त समयबाट रोक्दै टिमलाई फाइनल यात्रा गराए । डाँगी दोस्रो हाफमा हिसुव थपलियाको स्थानमा मैदान प्रवेश गरेका थिए । आयुष प्लेयर अफ द म्याच हुँदै ११ हजार रुपैयाँले सम्मानित भए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्