झापा , चैत २३ । आगलागीबाट झापा बुद्धशान्तिका बिष्णुकुमार श्रेष्ठको ग्वाली जलेर नष्ट भएको छ ।

आज बिहान सवा ९ बजेको समयमा बुद्धशान्ति १ नमुना टोल बस्ने श्रेष्ठको काठ तथा टीनको छानाले बनेको दुईतले गाईगोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गोठ, गोठमा राखेको पराल पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

ईलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी टोली खटिगई स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा बिहान ९ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्