झापा,चैत २३ । झापामा सार्बजनिक अपराध मुद्दाका फरार एक प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् ।

आज बिहान ९.३५ बजे भद्रपुर ३ भिमनगर टोल बस्ने २४ वर्षीय दिवस लिम्बूलाई वडा प्रहरी कार्यालय भद्रपुरले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापाको २०७३ जेठ ९ गतेको फैसला आदेशले ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

घरबाट पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्