झापा,चैत २३ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण गरेको छ । जसअनुसार इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।
आयोगले देशभरमा १० हजार ८९२ मतदान स्थल स्वीकृत गरेर वैशाख १५ को उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र निर्धारण गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्