झापा , चैत २३ । सशस्त्र प्रहरीले झापा गाउँपालिकाको सितुमारी ईलाकाबाट ठूलो मात्रामा ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत जिल्ला किशनगञ्ज धनतोला ग्रामपञ्चायत बालुवाडी बस्ने वर्ष २३ का राहुल मण्डल रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए । उनको साथबाट ४८.५५० ग्राम ब्राउनसुगर बरामद भएको हो ।

झापा–१ सितुमारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक श्यामकुमार थापाको कमाण्डमा खटिएको मोवाईल गस्ती टोलीले आज दिउँसो १ बजेको समयमा मोटरसाइकलमा सवार मण्डललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट त्यति परिमाणमा ब्राउनसुगर फेला परेको थियो ।

सशस्त्र प्रहरी बल, नेपालले BR37N5811 भारतीय नम्बरको मोटरसाइकल, मोबाईल १ थान, भारतीय रुपैयाँ २१००, ब्राउनसुगर र पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्