बिर्तामोड ,चैत २३ । बिर्तामोड १० नं वडा खेलकुद विकास समितिको आयोजनामा जारी चौथो वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमिफाइनल खेलमा तेलकानी +हाम्रो तेलकानी+सिद्धिबिनायक टोल विजयी भएको छ ।

सैनिक+ भूपू सैनिक टोललाई ३ – २ को गोल अन्तरले पाखा लगाउँदै तेलकानी +हाम्रो तेलकानी + सिद्धिविनायक टोल फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै दुवै टिमका खेलाडीले पटक पटक गोल गर्ने मौका पाएपनि गोल गर्न सकेनन् । पहिलो हाफको १४ औ मिनेटमा तेलकानी+हाम्रो तेलकानी + सिद्धिविनायक टोलका तर्फबाट जर्सी नं ११ का विशाल हेमरमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफकै २९ औ मिनेटमा जर्सी नं ८ का विक्रम लिम्बूले थप १ गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । तर सैनिक + भूपू सैनिकको तर्फबाट जर्सी नं २८ का सुजन लिम्बूले १ गोल फर्काएर २ – १ को स्थिति बनाए । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै दोस्रो हाफको ८ औं मिनेटमा तेलकानी + हाम्रो तेलकानी + सिद्धिविनायकका जर्सी नं १७ का विजय कार्कीले गोल गर्दै ३ –१ को स्थिति बनाए । त्यस्तै खेलमा तेलकानी +हाम्रो तेलकानी + सिद्धिविनायकले सैनिक +भूपू सैनिकलाई दबाबमा राखेपनि दोस्रो हाफको २३ औ मिनेटमा जर्सी नं १७ सौरभ लिम्बूले गोल गर्दै ३ –२ को स्थिति बनाए । त्यसपछि भने खेलको निधारित समयसम्म थप गोल नभएपछि तेलकानी +हाम्रो तेलकानी + सिद्धिविनायकले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

आजको खेलको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नं १७ का विजय कार्की घोषित भए ।फाईनल खेल आइतबार २५ गते उदयरत्न +तोरीबारी + शिवालय+ भिमसन टोल र तेलकानी + हाम्रो तेलकानी + सिद्धिविनायक टोलबीच हुने आयोजक १० नं वडा खेलकुद विकास समितिका सचिव नरेन तामाङले जानकारी दिए ।

वितामोड १० वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्