झापा,चैत २४ । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि इलाममा माओवादी केन्द्र एमालेलाई सघाउन तयार भएको हो।

शुक्रबार माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा सुहाङ नेम्बाङलाई मतदान गर्न अनुरोध गरिएको छ।

उक्त अपिलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएको बताइएको छ।

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्