झापा,चैत २४ । पोल्टी फर्मले फालेको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ।

शनिबार धनकुटा नगरपालिका–१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए।

धनकुटा नगरापालिका–१० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दिपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्