झापा, चैत २५। शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को डुडामारी स्थित निम्बस अंग्रेजी माध्यमिक विद्यालयले सैद्धान्तिक शिक्षा संगै आगामी शैक्षिक सत्र देखि विद्यार्थीलाई ब्यवहारिक शिक्षा पनि प्रदान गर्ने भएको छ ।

अभिभावकले अहिलेको आवश्यकता व्यवहारिक शिक्षा पनि अपरिहार्य रहेको भन्दै विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिने भएको हो । शनिवार विद्यालय परिषरमा अभिभावक, शिक्षक, विद्यालय संचालक सहितको भेलाले विद्यालयमा व्यवहारिक शिक्षा पनि लागु गर्ने निर्णय भएको विद्यालय प्रसाशनले जनाएको छ ।नयाँ शैक्षिक सत्र देखि निम्बस अङग्रेजी माध्यमिक विद्यालयमा कक्षा ९ मा पनि अध्ययन अध्यापन हुने भएको विद्यालयका प्रिन्सिपल राजु बुढाथोकीले बताए ।

प्रिन्सिपल बुढाथोकीले अहिलेको शिक्षा आत्मनिर्भर, व्यवसायी बनाउनुपर्ने बताउँदैे समय भूगोल चिन्ने खालको शिक्षा विद्यालयले प्रदान गर्ने बताएका छन् । प्रिन्सिपल बुढाथोकीले भने,‘ बजार केन्द्रित शिक्षालाई व्यवहारिक शिक्षाको माध्यमबाट ग्रामीण भेगसम्म पुर्‍याउने लक्ष्य विद्यालयको छ ।’उनले थपे,‘अहिलेको शिक्षा बजार केन्द्रित भएको छ । गाउँको शिक्षालाई प्रभावकारी बनाउन निम्बस अङग्रेजी माध्यमिक विद्यालयले आवश्यक पुर्वाधार खडा गरिसकेको छ ।’

खुल्ला बातावरण, खेल मैदान, कम्प्युटर प्रयोगशाला, स्काउट ट्रुप , जुनियर रेडक्रस, तालिम प्राप्त शिक्षक शिक्षिका, बालमैत्री निम्बस स्कूलले समाजको उत्तर दायित्व अन्तर्गत बार्षिक रुपमा विभिन्न रचनात्मक कार्यक्रम संचालन गर्दे आएको छ ।
स्थानिय अभिभावकका अनुसार स्तरिय पाठ्यपुस्तक छनौट, कलात्मक सिकाई विधि र अतिरिक्त क्रियाकलापका कारण अधिकांस अभिभावकको निम्बस माध्यमिक विद्यालय पहिलो रोजाई हुन थालेको छ । कक्षा ८ की छात्रा रोजाकी अभिभावक अम्बिका निरौलाले आफ्नो नानिले तमसुक, भर्पाइ, वडा कार्यालयमा लेखिने निवेदन लगायतका घरायसी काजग लेख्न सक्ने भएकीमा गर्व लागेकोे बताईन् ।

सर्वसुलभ लगानी, शैद्धान्तिक सहित व्यवहारिक शिक्षा आजको आवश्यता भन्ने मुल शन्देश दिदै आएको निम्बसले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्नाका आवेदन खुल्ला गरेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्