झापा,चैत २५ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गरिने भएको छ। वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको जनाएको छ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान हुने जानकारी दिए। उनले विभागमा हुने काम कारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरि नीतिगत सुधार गरिएको बताए।

एक जना श्रमिकले सबै कागजात पूरा बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरि काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गरिने भनिएको उनको भनाई छ। अर्यालले अब सबै कागजात अपलोड गरेको एक घण्टामा मोबाइलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने दाबी गरे।
मन्त्री अर्यालले वैदेशिक रोजगार कार्यालयलाई थप सुधार गर्न अध्ययन भइरहेको जानकारी गराए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्