झापा, चैत २६ । झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।

गएराति ९.३० बजेको समयमा दमक नगरपालिका वडा नं.–१ भाङबारीस्थित भित्री सडकखण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प २५६१ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कमल गाँउपालिका वडा नं.–६ बस्ने २५ वर्षीय शंकर श्रेष्ठ र पछाडि सवार दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय सुजन बुढाथोकी घाइते भएका छन् । दुवै घाईतेको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्