झापा, चैत २७ । झापाको गौरीगञ्जमा आगलागी भएको छ । आगलागीबाट भान्सा घर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।

आज बिहान राति २ बजेको समयमा गौरीगञ्ज गाउँपालिका वडा नं.६ कनचिरा बस्ने मजेबुल मियाँको इँटाको वाल र टिनको छानो भएको भान्साघरको चुलोबाट अचानक आगलागी भएको थियो । आगलागीबाट भान्साघरमा सामान्य क्षति पुगेको छ भने उक्त भान्साघरभित्र राखेको बीआर ४११५ न. को सुपर स्प्लेण्डर मोटरसाइकल पूर्ण रुपमा जल्दा अन्दाजी १ लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटिगई स्थानीय र प्रहरीको सहयोगमा २.२० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्