दमक, चैत २७ । झापाको दमकमा रहेको लाईफलाईन हस्पिटल छेउमा आगलागी हुँदा करोडौको क्षति भएको छ ।

लाइफलाइन हस्पिटल छेउमा रहेको प्रेमबहादुर धिमालको स्नेहा होटलबाट साँझ ७ बजेतिर आगलागी शुरु भएको थियो । आगलागीबाट प्रेमबहादुर धिमालको ९२ लाख बराबरको क्षति भएको छ । त्यस्तै नजिकै रहेको लाइफलाइन हस्पिटलको डाइलोसिस गर्ने मेशिनमा क्षति पुगेको छ । त्यसबाट डेढ करोडबराबरको क्षति भएको जनाइएको छ । त्यस्तै मेघबहादुर तामाङको रुवि होटलमा पनि क्षति पुगेको छ । तामाङको करिव १६ लाख बराबरको क्षति भएको छ । अर्को घरमा पनि क्षति पुग्दा करिव दुई लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ ।

दमक,कमल , गौरादह र पथरीको दमकल ,स्थानीय र प्रहरीको सहयोगमा राति ८ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इन्भर्टरबाट सो आगलागी भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्