झापा,चैत २८ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । गाउँपालिकाले कृषिमा आधुनिकिकरण, यान्त्रिकिरण गर्नका लागि सिचाई मोटर, कोदालो, विषादी छर्ने पावर स्प्रेयर लगायतका कृषि सामग्री हस्तान्तरण गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूको माग र आवश्यकतालाई ध्यानमा राखेर कृषि सामग्री तथा कृषि औजार वितरण गरेको जानकारी दिए । गाउँपालिकाको आफ्नो बजेट, नीति तथा कार्यक्रम अन्र्तगत चालू आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न कृषि सहकारी संस्था, कृषि समूह र कृषि फर्ममार्फत किसानहरूलाई कृषि सामग्री वितरण गर्ने योजना अनुसार कृषि औजार र सामग्री वितरण गरेको आजादले जानकारी दिए ।

पछिल्लो पटक भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित शान्तेश्वर कृषि सहकारी संस्था लिमिटेडमार्फत् कृषि सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा संस्थाका सेयर सदस्यहरूलाई ५० प्रतिशत अनुदान कृषि सामग्री र औजार हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्