झापा,चैत २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ।

धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिँदा घाइते भएका भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई इटहरी–२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्