झापा,चैत २९ । दमकको चिया बगानमा एक जना मृत भेटिएका छन् । मृतक दमक नगरपालिका– ५ स्थित हरिओम कोलोनी निवासी गणेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । उनको शव आज बिहान करिब पौने ५ बजेको समयमा चिया बगानको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्