झापा, बैशाख १ । नयाँ वर्षको पहिलो दिन आज झापाका धार्मिक एवं पर्यटकीय स्थलमा भीडभाड देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारणहरु धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गरेर , रमाइलो गरेर र मीठामीठा परिकार खाएर रमाइरहेको पाइयो । धार्मिक महत्वको कोटीहोम ,अर्जुनधारा,किचकबध, सतासीधाममा भक्तालुहरुको उपस्थिति देखियो भने मनोरञ्जन तथा घुमफिरका लागि दोमुखा, धनुषकोटी, जामुनखाडी , हेप्पीलेन्ड ,जामुनखाडी सिमसार क्षेत्र, , केचना, बाँसबारी सिमसार क्षेत्र, सुखानी शहीद स्मृति पार्क, भेलागुडीजस्ता प्रमुख पर्यटकीय क्षेत्रमा निकै भीडभाड रहेको थियो ।

त्यस्तै बिर्तामोड र दमकको भाटभटेनीमा पनि निकै भीड रहेको थियो । नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्