झापा , बैशाख २ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति ११.३० बजेको समयमा कमल गाउँपालिका वडा न.३ सानो केर्खास्थित राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा ६४ प १४०० नं. को मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किन गई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका वडा न.४ बस्ने २७ वर्षीय पिरती भन्ने विष्णु लिम्वूलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड पठाईएकोमा अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने १५ वर्षीय विपल नेपालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्