झापा , बैशाख २ । इलाममा मोटरसाइकल दुर्घटनामा परी श्रीमान श्रीमती गंभीर घाइते भएका छन् ।

आज बिहान १०.३५ बजेको समयमा इलाम नगरपालिका १ मिलगोलाईस्थित मेची राजमार्गमा पाँचथरबाट झापातर्फ आउँदै गरेको मे ११ प ९१५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको दाँया साइडको पिलरमा ठोकी सडकबाट अं. १०फिट झरेर दुर्घटना भएको थियो । दुर्घटनामा चालक पाँचथर फिदिम नगरपालिका ९ बस्ने अन्दाजी ५१ वर्षीय रामप्रसाद लावती र पछाडि सवार उनकी श्रीमती ४६ वर्षीया मनकुमारी लावती गंभीर घाइते भएका छन् ।

रामप्रसादको दाहिने खुट्टा भाँचिएको,अनुहारमा चोट लागेको अबस्था मध्यम रहेको र मनकुमारीको देब्रे पाटा खुस्किएको,शरीरको विभिन्न भागमा चोट रहेको,अवस्था गम्भीर रहेको इलाम प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्