झापा,बैशाख ३ । झापाको कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– १० निवासी ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा विवेक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी– ७ स्थितमा कनकाई नहरको साईफन जालीमा अड्किएको अवस्थामा बालकको शव फेला परेका थिए । मृतक बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे अस्पताल पठाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्