झापा, बैशाख ३ । कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् ।
उनलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराइएको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण घिमिरेले जनाए।

प्रस्तावको प्रस्तावक एमाले प्रमुख सचेतक भण्डारी छन् भने समर्थकमा एमाले सांसद किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेती छन् । प्रस्तावमा मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार बनाउने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ । कोशीमा किचलो सुरु भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले यही बैशाख ६ गते विशेष अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्