झापा,बैशाख ४ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतको पदस्थापन गरेको छ । मङ्गलबार मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।

उनीहरूलाई सङ्घ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मङ्गलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्